जेठ ०७, २०८१, सोमबार
               

नेपाल भ्रमणमा रहेको चिनियाँ टोली शितल निवासमा

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्व गरेको टोली राष्ट्रपति कार्यालय, शितलनिवास पुगेको छ ।

नेपालमा विकसित पछिल्लो राजनीतिक घटनापश्चात् आइबार आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोली सोको बारेमा जानकारीका लागि राष्ट्रपति कार्यालय पुगेको प्रारम्भिक अनुमान छ ।

राष्ट्रपति भण्डारीपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ ।

यसअघि नेकपाभित्र पटक-पटक विवाद हुँदा राष्ट्रपति भण्डारी र चिनियाँ राजदूतको सक्रियतामा विवाद समाधान हुँदै आएको, तर यस पटक संसद विघटन हुँदा राजदूत यन्छी निष्क्रिय र राष्ट्रपति भण्डारी मात्रै सक्रियजस्तो देखिएकाले सो टोली शितलनिवास पुगेको प्रारम्भिक अनुमान गरिएको छ । 

संसद विघटनपश्चात् चिनयाँ राजदूत यान्छीले नेकपाका सबै शिर्षस्थ नेता र राष्ट्रपतिसँग भेट गरिसकेकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि