जेठ ०७, २०८१, सोमबार
               

कृषिमन्त्री घनश्यामलाई बिदाइ गर्न नपाएकोमा नवनियुक्त मन्त्री अर्यालको दुखेसो

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले कृषिमन्त्री घनश्याम भुसाललाई बिदाइ गर्न नपाएको भन्दै दुख व्यक्त गरेकी छिन् । आइतबार कृषिमन्त्रीको पदभार ग्रहण गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् । 

‘उहाँको कार्यकालमा राम्रा काम भएका छन्, त्यसको अनुसरण गर्दै उहाँलाई यहीँ मञ्चबाट बिदाइ गर्न चाहान्थेँ, तर उहाँ ब्यस्त हुनुभयो,’मन्त्री अर्यालले भनिन् ।

घनश्याम भुसालको पालामा भएका नीतिगत स्पष्टताका लागि भएका कामहरु सरकारी सम्पत्ति भएको पनि उनले बताइन् । कृषककै छोरी भएकाले कृषकको समस्यामा जनकार रहेको भन्दै मन्त्री अर्यालले कृषकका समस्या समाधानका आफ्नो दायित्व भएको उनको भनाइ छ । 

यसका अलवा उनले विदेशबाट फर्केका युवालाई कृषिमा ल्याउन प्रयास गर्ने बताउँदै उनले कर्मचारीको विज्ञतामा आफ्नो भावना मिलाएर काम गर्ने बताइन् । 

यो पनि