बैशाख २७, २०८१, बिहीबार
               

एमसिसी सम्झौता नेपालको पक्षमा छ : ऊर्जा मन्त्री रायमाझी

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको पक्षमा रहेको बताएका छन् ।

आइतबार पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री रायमाझीले सो कुरा बताएका हुन् ।तर, उनले सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदा सच्याउनुपर्ने उनको भनाइ छ। यसका अलवा उनले एमसीसी नै अपराध हो, सैन्य आक्रमण हुन्छ भनी चलाईएका कुरामा विश्वास नभएको उनको भनाइ छ । 

‘एमसीसी हुबहु लागू गर्नुपर्छ भन्ने त होइन । तर यदि त्यो लागू गर्न नसक्ने हो, ट्रान्समिसन लाइन निर्माण नगर्ने हो भने खतम हुनेवाला छ,’ रायमाझीले भने ।


कस्तो लाग्यो ?

यो पनि