बैशाख २७, २०८१, बिहीबार
               

ओली पक्षको अवरोधपछि रोकियो प्रचण्ड-नेपाल समूहको भेला

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

कञ्चनपुरमा ओली पक्षीय नेकपाको अवरोधका कारण प्रचण्ड–नेपाल पक्षको भेला अवरुद्ध भएको छ । 

प्रचण्ड–नेपाल पक्षले पार्टी कार्यालयमा आज (आइतवार) दिउँसो विस्तारित जिल्ला भेलाको कार्यक्रम राखेको थियो । तर ओली पक्षले भेला हुन दिएन ।

असहज परिस्थिति सिर्जना भएकाले आइतबार तय भएको भेला हुन नसकेको नेकपा कञ्चनपुरका सचिव तारालामा तामाङले बताए ।

नेकपा दुई धारमा विभाजन भएको अवस्थामा विस्तारित भेलाका नाममा गुटगत भेला गर्न खोजिएको भन्दै ओली पक्षले आइतवार पार्टी कार्यालयमा तालाबन्दी गरेको थियो । 

प्रचण्ड–नेपाल समूहले गुटगत भेला गरेर पार्टी कार्यालय कब्जा गर्न खोजेको भन्दै तालाबन्दी गरिएको ओली समूहका एक नेताले बताए ।

नेता भीम रावलको उपस्थितिमा पार्टी कार्यालयमा प्रचण्ड–नेपाल पक्षको भेला रोक्न ओली पक्षले तालाबन्दी गरे पछि दुवै पक्षका कार्यकर्ताबीच झडप समेत भएको थियो ।

निर्वाचन आयोगको आधिकारिकता नआउँदासम्म पार्टी कार्यालयमा कुनै बैठक नगर्ने सहमति पछि पार्टी कार्यालयमा ओली पक्षले लगाएको ताला खोलिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि