बैशाख २७, २०८१, बिहीबार
               

'अविश्वासको प्रस्ताव सामना गर्छु'

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव सामना गर्ने बताएका छन् । 

आइतबार आफूविरुद्ध नेकपाका प्रचण्ड–नेपाल समूहका ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री राईले त्यसको सामना गर्ने बताएका हुन् ।

उनले सुविधाजनक बहुमतका साथ सामना गर्ने बताएका छन् । मुख्यमन्त्री राईले विवेक भएका प्रदेश सदस्यहरु भएकाले आफ्नो पद जोगिने विश्वास गरेका छन् । मुख्यमन्त्री राईले यो प्रस्ताव प्रदेशलाई तहसनहस बनाउने चाहनामा आधारित भएकाले यसलाई असफल बनाउन बहुमत सदस्यहरूको साथ पाउने आशा गरेका छन् ।

प्रदेश १ को प्रदेशसभामा ९३ सदस्य रहेका छन् । जसमध्ये नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १र१ जना छन् । प्रदेशमा प्रचण्ड–नेपाल समूहका ४७ सांसद छन् । 


कस्तो लाग्यो ?

यो पनि