बैशाख २७, २०८१, बिहीबार
               

संसद पुनर्स्थापनाको अर्को विकल्प छैन : नेता भुसाल

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा (माधव-प्रचण्ड पक्ष)का नेता घनश्याम भुसालले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनको निर्णय संविधान, परम्परा र जनचाहनाविपरीत भएको उनको भनाइ छ । हाल सो विकल्पभन्दा अर्को विकल्प नभएको पनि उनले बताए । 

‘विश्वका कुनै पनि सभ्य मुलुकमा जनताको चाहनाविपरीत गरिएको संसद विघटनलाई अदालतले सदर गरेको छैन,’ उनले भने, ‘ ‘कार्यकारीले गल्ती गर्दा सच्याउनकै लागि अदालत चाहिने हो, नत्र त अदालत किन आवश्यक पर्थ्यो र ?’

अदालतले संविधान, जनचाहना र परम्परा हेरेर पुनर्स्थापना गर्छ भन्ने विश्वास आफूले लिएको  उनले बताए । ‘यदि अदालतले गरेन भने जनताको आन्दोलन र विद्रोहले संसद पुनर्स्थापना गरेरै छाड्छ,’ नेता भुसालले भने, ‘प्रतिनिधिसभा पुनर्स्थापना नभए संविधानको उल्लंघन सुरु हुने र मुलुकमा अस्थिरता निम्तिनेछ । संसद विघटन गर्ने निर्णयले नेपाली जनताले ५० वर्षदेखि चाहेको समृद्धिको आकांक्षा तुहाएको र अस्थिरतालाई बल पुगेको छ ।’

उनी भुसाल माधव-प्रचण्ड समूहले रुपन्देही जिल्ला भेलालाई सम्बोधन गर्न गृह जिल्ला पुगेका थिए । लुम्बिनी प्रदेशका ९ जिल्लामा सो समूहले आइतबार जिल्ला भेला आयोजना गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि