बैशाख २७, २०८१, बिहीबार
               

चिनियाँ टोलीलाई पिपिइ चाहिने तर, सुरक्षाकर्मी नचाहिने !

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

नेपालमा प्रतिनिधिसभा विघटन र सत्तारुढ नेकपामा विभाजन आएपछि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्व गरेको प्रतिनिधिमण्डल एयर चाइनाको चेङ्दू–काठमाडौं उडानबाट साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । 

नेकपा फुटकाे अवस्थामा भएकाे चिनियाँ टोलीको यो भ्रमणलाई चासोका साथ हेरिएकाे छ । नेकपा विभाजनको कारण खोतल्ने र राजनीतिक स्थिरताका सम्भावना खोज्ने उद्देश्यले राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर हतारमा चिनियाँ टोली काठमाडौं उत्रिएको बुझिएकाे छ । बेइजिङबाट सिचुवानको चेङ्दु हुँदै काठमाडौं आइपुगेको पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चिनियाँ टोलीमा विभागका निर्देशकसहित चार जना रहेका छन्।

प्रचण्ड–नेपाल समूहका नेता राम कार्कीले नेकपा विभाजन भएको अवस्थामा यहाँको राजनीतिक अवस्था बुझ्न आफ्नै पहलमा चिनियाँ प्रतिनिधिमण्डल पिपिइ लगाएर नेपाल आएका छन् । नेकपाको करिब दुई तिहाई बहुमतको सरकार बनेपछि आर्थिक साझेदारी र ठूला लगानीका परियोजना अगाडि बढाउने चरणमा रहेको चीनका लागि प्रतिनिधिसभा भंग भएर पार्टी नै विभाजित भएको घटनाले अप्ठेरो अवस्था सिर्जना भएको छ । 

गृहमन्त्रालयका एक उच्च अधिकारीका अनुसार नेपाल आएका गुओ योझाउको टोली विमास्थलबाट नेपाली सुरक्षाकर्मी नलिईकन निस्केका छन् । उपमन्त्रीको टोलीले आफ्नै तरिकाले भेटघाट गर्ने भन्दै सुरक्षा नलिएको बुझिएकाे छ । 

 

 


कस्तो लाग्यो ?

यो पनि