बैशाख २८, २०८१, शुक्रबार
               

पार्टी कार्यालय कब्जा गर्न खोज्दा भिडन्तको अवस्था

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

कञ्चनपुरस्थित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यालय कब्जा गर्न खोज्दा कार्यालय परिसरमा दुई पक्षबीच भिडन्तको अवस्था बनेको छ ।

दुई पक्षबीच भिडन्तको अवस्था भएपछि त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

केपी शर्मा ओली पक्षका र प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका स्थानीय नेता कार्यकर्ताबीच त्यहाँ विवाद भइरहेको प्रहरीले जानकारी दिएको छ ।

नेता भीम रावलको उपस्थितिमिा कञ्चनपुर पार्टी कार्यालयमा प्रचण्ड–नेपाल पक्षले आज (आइतबार) कार्यक्रम गर्ने तयारी गरेपछि त्यसलाई रोक्न ओली पक्षले कार्यालयमा ताला लगाएका थिए ।

पछि प्रचण्ड–नेपाल पक्षले ताला खोलेर कार्यक्रम गर्न खोजेपछि कार्यालय स्थलमा झडपको अवस्था भएको हो ।

कञ्चनपुरमा जिल्ला अध्यक्ष विरबहादुर थापा ओली पक्षका हुन् भने सचिव तारा लामा प्रचण्ड–नेपाल पक्षका हुन् ।


कस्तो लाग्यो ?

यो पनि