बैशाख २८, २०८१, शुक्रबार
               

काठमाडौं आइपुग्यो चिनियाँ टोली

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा एक उच्च प्रतिनिधिमण्डल आज (आइतबार) नेपाल भ्रमणमा आइपुगेकाे छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचैको नेतृत्वमा यौटा टोली अहिले भर्खर एअर चाइनाको उडानबाट छङ्तु हुँदै काठमाडौं आइपुगेको हाे ।

चार सदस्यीय चिनियाँ टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग भोलि बिहान ९ र ११ बजे भेटघाट गर्ने कार्यक्रम रहेको छ । टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गर्नेछ ।

यसअघि नेकपा विभाजन भएलगत्तै चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष प्रचण्ड र नेपालसँग भेटवार्ता गरिसकेकी छन्। राजदूत होउले शुक्रबार नेकपा स्थायी समिति सदस्य कृष्णबहादुर महरासँग पनि भेटवार्ता गरेकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि