बैशाख २७, २०८१, बिहीबार
               

प्रदेश १ मा दाहाल–नेपाल समूहका तीन मन्त्रीले दिए राजीनामा
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रदेश १ मा दाहाल–नेपाल समूहका तीन मन्त्रीले दिए राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि रुष्ट बनेका ती तीन मन्त्रीहरुले आजबिहान राजीनामा दिएका हुन् । 

राजीनामा दिनेहरुमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री ओलीले राज्यमन्त्री गजमेरलाई केन्द्रीय सदस्यमा नियुक्त गरेका थिए भने उनले अस्विकार गर्दै दाहाल–नेपाल समूहमा बस्ने निर्णय गरेकी थिइन् ।

प्रचण्ड–नेपाल समूह प्रदेशसभा सदस्यहरुले आज मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री राईले शनिबार साँझ प्रचण्ड–नेपाल समूह आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गरेका थिए ।


 

यो पनि