बैशाख २७, २०८१, बिहीबार
               

प्रचण्डसँगको भेटवार्तामा गाैतमले भने– ‘म संसद् विघटनको विपक्षमा छु’

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । संसद् विघटनपछि नेकपा दुई समूहमा विभाजित भए पनि गौतम कुनै पनि समूहमा खुलेका छैनन् । संसद् विघटनको विरोध जनाएका उपाध्यक्ष गौतम दुवै समूहको बैठक र भेलामा सहभागी भएका छैनन् ।

भेटमा प्रचण्डले गौतमलाई आफ्नो समूहमा आउन अनुरोध गरे पनि गौतमले भने स्पष्ट जवाफ नदिएको बताइएको छ ।

संसद् विघटन प्रकरणपछि नेकपा विभाजित भए पनि गौतम हालसम्म केपी ओली र प्रचण्ड–माधव पक्ष कतै पनि खुलेका छैनन् । तर, भेटवार्तामा उपाध्यक्ष गौतमले आफू संसद् विघटनको विपक्षमा रहेको भन्दै आफ्नो अडान कायमै रहने जवाफ दिएका थिए । उनले जसरी भए पनि पार्टी एकतालाई कायम राख्नुपर्नेमा जोड दिँदै एकता गरेरै जानुपर्ने आफ्नो अडान राखे ।


कस्तो लाग्यो ?

यो पनि