बैशाख २७, २०८१, बिहीबार
               

नेकपा प्रचण्ड–नेपाल समूहले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दै

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

काठमाडौं । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी भित्रै दुई समूह बनेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्ने भएको छ ।

उक्त भेलामा प्रतिगमनविरुद्धको संघर्ष अघि बढाउन अभिमुखी कार्यक्रम सञ्चालन गर्ने स्रोतले जनाएको छ । साथै, उक्त समूहले यही १४ गते राजधानी र जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।

त्यस्तै, आगामी २० गतेसम्म नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला गर्ने बताइएको छ भने २५ गतेसम्म वडामा पार्टीका बैठक र भेला हुने बुझिएको छ । 
 

यो पनि