कात्तिक ३०, २०८१, शुक्रबार
               

पदबाट हटाइएका मन्त्री भन्छन्, 'मेरो नेतृत्वमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आउँछ'

नेपाल फ्ल्यास
पुस ११, २०७७

ADVERTISEMENT

मुख्यमन्त्रीद्वारा पदबाट बर्खास्त गरिएका प्रदेश १ का आर्थिक ममिला तथा योजनामन्त्री इन्द्र आङ्बोले मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार (भाेलि) अविश्वास प्रस्ताव दर्ता गर्ने बताएका छन् ।

मुख्यमन्त्री शेरधन राईले शनिबार उनलाई मन्त्रीबाट बर्खास्त गरेका थिए । उनले आइतबार आफ्नो नेतृत्वमा आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेश सभामा दर्ता गर्ने बताए ।

‘भोली मेरो नेतृत्वमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउँछ । अविश्वास प्रस्ताव दर्ता गर्नुअघि हामी आफै राजीनामा दिने तयारीमा थियौं,’ उनले भने, ‘पदमुक्त गरेर उहाँले त्यो कामलाई झनै सहज बनादिनु भयोे, मैले फोन गरेर उहाँलाई बाटो सहज बनाइदिनु भएकोमा धन्यवाद समेत भनें ।’

आङबोले मुख्यमन्त्री राईविरुद्ध केही मन्त्रीसहित नेकपाका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गर्ने बताए ।

उनका अनुसार ‘आइतबार अन्य मन्त्री हरुले समेत राजीनामा दिँदैछन् । तर क-कसको राजीनामा आउँछ त्यसबारे भने उनले केही खुलाउन चाहेनन् ।

प्रदेश १ मा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका तीनजना मन्त्री थिए । सो प्रदेश सरकारमा राईसहित शिक्षा तथा सामाजिक विकास मन्त्री जीवन घिमिरे र पर्यटन राज्यमन्त्री विजय विश्वास प्रचण्ड–नेपाल समुहका हुन् ।

‘कति जना सांसदले हस्ताक्षर गरे भन्ने प्राविधिक विषय हो । प्रदेशमा हामी एक्लै बहुमतको सरकार बनाउन सक्ने अवस्थामा छौं ।,’ आङ्बोले भने ।

कूल ९३ सदस्य रहेको प्रदेश १ मा नेकपाका कूल ६७ जना प्रदेश सभा सदस्य छन् । तीमध्ये प्रचण्ड–नेपाल निकटका ४७ र ओली पक्षका २० जना रहेको बताइएको छ ।

यसअघि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय नेतृत्व विभाजित भएसँगै त्यसको असर प्रदेशमा समेत देखिएको हाे ।

यो पनि