बैशाख २८, २०८१, शुक्रबार
               

नेकपा शीर्ष नेतालाई गजुरेलको आग्रह : एकअर्काको अस्तित्व सक्नेगरी गतिविधि नगर्नूस्

नेपाल फ्ल्यास
पुस ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाका नेता हरिबोल गजुरेलले नेतृत्वलाई जनआन्दोलनको उपलब्धि समाप्त पार्ने गरी गतिविध नगर्न आग्रह गरेका छन् । संसद विघटन गर्नुलाई गलत भन्दै नेता गजुरेलले शनिबार एक कार्यक्रममा यस्तो बताएका हुन् । 

स्थायी समितिको निर्णयविपरीत अरु सम्भावनाको खोजीविनै प्रधानमन्त्रीले संसद विघटन गरेको उनले बताए । जसलाई उनले त्रुटिपूर्ण भनेका छन् । पार्टी विभाजनले उपलब्धि संस्थागत गर्न चुनौती खडा हुने भएकाले आफू तटस्थ रही भगीरथ प्रयास गरेको उनको भनइ छ ।

पार्टीलाई सिद्धान्त र विचारका आधारमा बलियो तुल्याउन गुटबन्दी नभई  विचार समूहको मात्रै अभ्यास गर्नु उचित हुने उनले बताए । एकता कायम राख्न बालुुवाटार जाँदा प्रचण्डको तथा खुमलटार जाँदा प्रधानमन्त्रीका पक्षमा आफूले इमान्दारीपूर्वक वकालत गर्दै आएको उनको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि