बैशाख २७, २०८१, बिहीबार
               

संसद विघटनको विरोधमा नागरिक आन्दोलन सुरु

नेपाल फ्ल्यास
पुस ११, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद विघटनको विरोधमा नागरिक आन्दोलन सुरु भएको छ । 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटनलाई असंवैधानिक भन्दै नागरिक आन्दोलन भएको हो । 

शनिबार बृहत नागरिक आन्दोलनको पहिलो दिन शनिबार माइतीघर मण्डलामा ‘शंख एपिसोड’सहित कोणसभा सम्पन्न भएको छ । माइतीघर मण्डलामा आयोजित शंख एपिसोडमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनका विरुद्धमा शंख बजाएर प्रदर्शन गरिएको थियो ।

सो कार्यक्रममा लेखक, साहित्यकार, कलकार, पत्रकार, अधिकारकर्मी सहभागी भएका थिए । उनीहरुले उल्टो हिंडेर संसद पुनस्र्थापनाको माग गरे । यसका अलवा सो कार्यक्रममा प्रधानमन्त्री तथा राष्ट्रपतिको कार्टुन बनाइएको थियो ।

कार्यक्रम पुस १८ सम्मका लागि तय भएको एक अभियान्ताले जानकारी दिए । उनका अनुसार पुस १३ मा डम्फु एपिसोड, पुस १५ मा धिमे एपिसोड, पुस १७ मा च्याब्रुङ एपिसोड र पुस १८ मा सडक नाटक गर्ने कार्यक्रम छ । 

यो पनि