बैशाख २७, २०८१, बिहीबार
               

संसद् विघटन गर्नु प्रधानमन्त्रीको बाध्यता : मन्त्री रायमाझी

नेपाल फ्ल्यास
पुस ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र भएका कारण राजनीतिक अस्थिरता निम्तिएको बताएका छन् । 

शनिबार भएको एक कार्यक्रममा मन्त्री रायमाझीले सो कुरा बताएका हुन् । यसका अलवा उनले विपक्षीहरुलाई आन्दोलनबाट भन्दा पनी सहमतिमा आइ सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् ।

उनी सहभागी भएको सो कार्यक्रममा नेकपा ओली पक्षका केन्द्रीय सदस्यहरु सुशीला नेपाल, हरिकृष्ण व्यञ्जनकार, मोहन बस्नेत, मधुसुदन पौडेल, सुरेन्द्र मोहन शर्मा बजगाईं, नवराज सिलवाललगायत सहभागी भएका थिए । उनीहरुले पनि संसद विघटन गर्नु  प्रधानमन्त्री ओलीको बाध्यता भएको बताए । 

संसद विघटनसँगै विकसित भएको राजनीतिक घटना क्रमपश्चा्त नेकपा दुई धारमा विभाजित भएसँगै मन्त्री बनेका मन्त्री रायमाझीले यस्तो बताएका हुन् । रायमाझी अर्घाखाचीबाट निर्वाचित सांसद हुन् । उनी यसअघि पूर्वमाओवादीबाट  निर्वाचित भएका थिए ।    

यो पनि