बैशाख २७, २०८१, बिहीबार
               

छक्कबहादुर लामाले नेकपा गुट फेरे

नेपाल फ्ल्यास
पुस ११, २०७७

ADVERTISEMENT

काठमाडौं । विघटित प्रतिनिधिसभाका सांसद छक्कबहादुर लामाले नेकपा (ओली समूह) को केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य परित्याग गरेका छन् ।

शनिबार एक विज्ञप्ति निकाल्दै लामाले हुम्लावासी जनता, कार्यकर्ताको सल्लाह, सुझाव र भावनालाई सम्बोधन गरी ओली नेतृत्वको नेकपा महाधिधिवेशन आयोजक समितिको सदस्य पद परित्याग गरेको जानकारी दिएका छन् । यसका अलवा उनले सो विज्ञप्तिमार्फत आफू नेकपा (नेपाल-प्रचण्ड) संगठनमा यथावत् रहेको बताएका छन् । 

संसद विघटनसँगै विकसित भएको नयाँ राजनीतिक समीकरणमा उनी यसअघि ओली पक्षमा उभिएका थिए । तर, उनी सो पक्षका उभिएको  एक हप्ता नपुग्दै उनले सो पक्ष छाडेका हुन् । 

उनले विज्ञप्तिमार्फत् विचलित नभई अरुलाई पनि  प्रचण्ड-नेपालको मूल पार्टी नेकपामा एकताबद्ध भएर बस्न  अनुरोध गरेका छन् । त्यसैगरी उनले यसअघि आफ्नो हस्ताक्षरको दुरुपयोग भएको आरोप पनि लगाएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्तावका लागि संकलित हस्ताक्षरमा आफ्नो हस्ताक्षरको दुरुपयोग भएको लामाले आरोप लगाएका हुन् । गत सोमबार प्रधानमन्त्रीले बोलाएको भेलामा समेत उनी सहभागी भएका थिए ।

२०७४ सालको प्रतिनिधिसभामा उनले हुम्लाबाट स्वतन्त्र रुपमा उठी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।वाम एकतासँगै टिकट नपाएपछि उनी स्वत्नत्र उम्मेदवारका रुपमा उठी निर्वाचित भएका प्रतिनिधि सांसद हुन् । सो विजयसँगै तत्कालीन समयमा छक्कबहादुर लामाले सबैलाई छक्क पारे भनी उनको नाम प्रचारमा आएको थियो । 

यो पनि