बैशाख २७, २०८१, बिहीबार
               

'म संसद विघटनको विपक्षमै छु'

नेपाल फ्ल्यास
पुस ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेपाल-प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र बामदेव गौतमबीच भेटवार्ता भएको छ ।

प्रचण्डले उपाध्यक्ष गौतमलाई शनिबार बिहान आफ्नै निवास खुमलटारमा बोलाएर छलफल गरेका हुन् । भेटवार्तामा उपाध्यक्ष गौमले आफू संसद विघटनको विपक्षमा रहेको भन्दै आफ्नो अडान कायमै रहने बताएका थिए ।

संसद विघटनसँगै नेकपामा स‌कट देखिएपछि गौतम तटस्थ छन् । नेकपाका सबैजसो नेताको आफ्नो कित्ता प्रष्ट गरिसके पनि बामदेव गौतम भने कतै देखिएका छैनन् । 

अझै पनि पार्टी एकताको पक्षमा आफू रहेको र आफू कुनै पनि पक्षमा नलाग्ने बताउँदै आएका छन् । गौतमलाई आफ्नो पक्षमा पार्न ओली र प्रचण्ड-नेपाल पक्षले कशिस गरिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि