काठमाडौं । नेकपा (माधव-प्रचण्ड पक्ष) का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि चीनका राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ । सो पक्षका विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार राजदूत यान्छीले र अध्यक्ष नेपालबीच शिष्टाचार भेट भएको हो ।
भेटका अवसरमा दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको बताइएको छ । यसअघि यान्छीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति विद्यादेवि भण्डारीसँग पनि भेटवार्ता गरेकी थिइन् ।
चिनियाँ राजदूत यान्छी पछिल्लो समय नेपाली राजनीतिको केन्द्रमा रहँदै आएको भनी भनिँदै आइएको छ ।