जेठ ०८, २०८१, मंगलबार
               

ओली गोमन सापजस्तै हुनुहुँदोरहेछ: झलनाथ खनाल

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

काठमाडौं । माधवन-प्रचण्ड पक्षीय वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इबी साँध्ने व्यक्ति भएको बताउँदै गोमन सापसँग तुलना गरेका छन् । 

पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा खनालले यस्तो बताएका हुन् । त्यसैगरी उनले महाधिवेशनमा आफूले हराएपछि उनले बदला लिन खोजेको बताउँदै  उनी गोमन सापजस्तै भएको बताएका छन् ।

गोमन सापलाई कसैले हिर्कायो र भाग्यो भने उसले हिर्काउने मान्छेको तस्वीर दिमागमा राख्ने र मौका पाउँदा ठुंङ्ग्ने बताउँदै उनले अहिले आएर गोमन सापकै स्वाभाव देखाएको बताए ।

यसका अलवा उनले नेकपाको आधिकारिक आफूहरु भएको बताएउँदै  केपी शर्मा ओली समूहले बालुवाटारमा गरेको भेला रुखको बोक्रा मात्र भएको बताए ।


कस्तो लाग्यो ?

यो पनि