काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन सुरु गरेको छ ।
असंवैधानिक संसद विघटन मान्दैनौं भन्दै नारा लगाइरहेका छन् । शीर्ष नेताहरुले हामी यहाँ छों लेखिएको प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनमा सहभागी हुन नेकपाका नेता कार्यकर्ताहरु माइतीघर पुग्ने क्रम जारी छ ।
आन्दोलनका लागि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाल, आन्दोलन परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठ, झलनाथ खनालसहितका नेताहरु मण्डला पुगिसकेका छन् ।