काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा सुनुवाइ गर्नका लागि पाँच सदस्यीय इजलास गठन गरेको छ ।
जसमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको नेतृत्वमा बनेको संवैधानिक इजलासमा आज सुनुवाइ हुन लागेको हो ।
सो इजलासमा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसी रहेका छन् ।
बुधबार प्रधानन्यायाधीश जबराको एकल इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रारम्भिक सुनुवाइ गरी सो विषयमा संवैधानिक प्रावधानको ब्याख्या गर्नुपर्ने भनी संवैधानिक इजलासमा पठाएका थिए ।
सोही आदेशअनुसार इजलास गठन भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा मुद्दा परेका छन् ।