जेठ ०७, २०८१, सोमबार
               

ओली पक्षले तोक्यो सातै प्रदेशमा इन्चार्ज

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाले सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्जहरु तोकेको छ ।

बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जहरु तोकेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।  

जसमा प्रदेश १ को इन्चार्जमा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, वागमती प्रदेशमा ईश्वर पोखरेल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ । 

त्यस्तै जनवर्गीय संगठनको इन्चार्जमा टोपबहादुर रायमाझी, राजधानी उपत्यकाको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिएको छ ।

बैठकले प्रचण्डको कार्यकारी अधिकार  फिर्ता गरेको छ । साथै बैठकले समसामयिक १६ वटा प्रस्ताव पारित गरेको  छ । 


कस्तो लाग्यो ?

यो पनि