जेठ ०७, २०८१, सोमबार
               

'ओली अझै कम्युनिष्ट बनेका रहेनछन्'

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा (दाहाल नेपाल समूह)का ३ नेता आज पूर्वनेकपा एमालेको पार्टी अफिस मदननगर पुगेका थिए । बिहीबार बल्खुस्थित निर्माणाधिन पार्टी कार्यालयमा तत्कालिन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै नेता झलनाथ खनालले पार्टी भित्रको मतभिन्नतालाई नीति र विधि अनुरुप हल गर्न अर्का समूहका अध्यक्ष केपी ओलीले नमानेको बताए।

उनले प्रधानमन्त्री केपी ओली कम्युनिष्ट नै नभएको टिप्पणी गर्दै भने- ‘मतभिन्नता पार्टीभित्र जहिले पनि हुन्छ । मतभिन्नता हुनु सामान्य कुरा हो । मतभिन्नतालाई नीति र विधि अनुरुप सञ्चालन गर्नुपर्छ र समस्याको समाधान गर्नुपर्छ’ खनालले भने, ‘तर कमरेड केपी ओली वास्तवमा कम्युनिष्ट नै भइसक्नुभएको रहेनछ । उहाँले पार्टीका विधि नै मान्नुभएन । पालना गर्नुभएन । अनुशासन पनि मान्नुभएन ।’

साथै ओलीको कदम अक्षम अपराध भएकाे उनले दाबी गरे- ‘पार्टीभित्रका मतभेदको नाउँमा संसदको विघटन गर्नुभयो । यो अत्यन्तै ठूलो अपराधको कुरा हो । संविधान विरोधी अपराध हो । लोकतन्त्र विरोधी अपराध हो । यो जनादेशको विरुद्धमा छ । जनताको भावनाविरुद्ध छ । राष्ट्रहित विरुद्ध छ ।’


कस्तो लाग्यो ?

यो पनि