बैशाख २२, २०८१, शनिबार
               

ओलीले देशलाई भड्खालोमा हाले : अध्यक्ष केसी

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले  देश भड्खालोमा हालेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनसँगै फरक रुपले राजनीति विकसित भइरहेका बेला सो दलका अध्यक्ष केसीले बिहीबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । 

नेता केसीले भने, ‘पार्टीभित्रको गुटको विवाद समाधान गर्न नसकेर संसद भंग गरी देशलाई भड्खालोमा हाल्ने काम संविधानमाथिको ‘कू’ हो ।’ उनले ओलीको असंवैधानिक कदमलाई सर्वाेच्च अदालतले सच्चाएर प्रतिनिधि सभा पुनर्स्थापित गरेर निकास दिनुपर्ने बताए । 

यसका अलवा उनले जनमतको अपमान गर्ने अधिकार ओलीलाई नभएको उनको भनाइ छ । उनले भने,‘सर्वोच्च अदालतले संसद पुनर्स्थापित गर्नेछ ।’


कस्तो लाग्यो ?

यो पनि