जेठ ०७, २०८१, सोमबार
               

ओलीपक्षीय नेकपाद्वारा निर्वाचन आयोगमा संशोधित विधान दर्ता

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेकपाले विधान संशोधन गरी निर्वाचन आयोगमा दर्ता गराएको छ ।

आयोगमा दर्ता गराइएको संशोधित विधानमा पार्टीका आधिकारिक दस्तावेज र पत्रहरुमा प्रथम अध्यक्षको मात्रै हस्ताक्षर 'चल्ने' बनाइएको छ । यसअघि नेकपामा दुई अध्यक्षको हस्ताक्षर चल्ने व्यवस्था थियो । यसअघि त्यहीअनुसार पार्टी सञ्चालन हुँदै आएको थियो । 

त्यसैगरी, केन्द्रीय समितिको संख्या ओली पक्षले निर्णय गरेर पुर्‍याएको १११९ कायम गरिएको छ । ओली समूहले मंगलबार नै निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटी विस्तार गरेको जानकारी दिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि