जेठ ०७, २०८१, सोमबार
               

नेपाल-दाहाल नेकपा अध्यक्षद्वयद्वारा मदन भण्डारीको शालिकमा माल्यार्पण

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल-दाहाल नेकपाका अध्यक्षद्वय र शीर्षस्थ नेताले मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन् ।

नेकपा दुई पक्षमा विभाजन भएसँगै आफूपक्षीय केन्द्रीय बैठकपश्चात् उनीहरुले बिहीबार मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका हुन् । उनीहरुले  मदननगर बल्खु गइ भण्डारीको शालिकमा माल्यार्पण गरेका हुन् ।  

केन्द्रीय कमिटी बैठक सकिएलगत्तै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल र अमृतकुमार बोहोरा पनि बल्खु पुगेका हुन् ।तत्कालीन एमालेको पार्टी कार्यालय भूकम्पले क्षतिग्रस्त बनेको छ । जो अहिले भग्नावशेष छ । 

सो क्रममा अध्यक्ष नेपालले केपी ओली यति अलोकतान्त्रिक होलान् भन्ने आफूले कल्पना नगरेको बताए । त्यसैगरी अर्का अध्यक्ष प्रचण्डले सबैलाई मिलाएर लैजाने बताए भने वरिष्ठ नेता खनालले ओली अझै कम्युनिस्ट बन्न नसकेको बताए ।

यो पनि