जेठ ०५, २०८१, शनिबार
               

आफूहरुलाई पूर्वपार्टीमा फर्काउने खेल भइरहेको छ: अध्यक्ष दाहाल (माधव-प्रचण्ड पक्ष)

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा (माधव-प्रचण्ड) पक्षीय अध्यक्ष तथा  संसदीय दलका नेता पुष्पकमल दाहालले आफूहरुलाई पूर्वपार्टीमा फर्काउने खेल भइरहेको बताएका छन् । 

पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै बिहीबार प्रचण्डले यस्तो बताएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामसम्बन्धी विवादको पेसी १४ गतेलाई तोकिएको सूचना आएको  बताउँदै उनले भने, ‘हामीलाई पूर्वपार्टीमा फर्काउन खोजिँदैछ ।’ 

यसका अलवा उनले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई संविधान र कानुनअनुसार फैसला गर्न आग्रह पनि गरे । ‘कुनै षड्यन्त्रलाई सफल हुन नदिइयोस्,’ उनले भने ।

संसद विघटन गरेसँगै नेकपामा नयाँ राजनीतिक घटना क्रम बढेको छ। त्यसयता एक ढिक्का नेकपाको रुपमा देखिएको नेकपा स्पष्ट रुपमा दुई धारमा विभाजन भएको छ ।दुवै पक्षले फरक-फरक बैठक तथा भेला गर्दै आइरहेका छन् । यसका अलवा नेता तथा कार्यकर्ता आफ्नो पक्षमा पार्न दुवै पक्ष तल्लीन छन् ।

यसै क्रममा बिहीबार भएको माधव-प्रचण्डपक्षीय नेकपाका अध्यक्ष तथा संसदीय दलका नेता प्रचण्डले तटस्थ रुपमा रहेका बादललाई आफ्नो पक्षमा ल्याउन नसकेको भन्दै एक किसिमले ग्लानी प्रकट गरेका छन् ।

बिहीबार बसेको सो पक्षको केन्द्रीय कमिटी बैठकमा उनले सो प्रकृतिको अभिव्यक्ति दिएका छन् । तर,  उनले सोही क्रमा ओली पक्षमा नेता आफ्नो पक्षमा ल्याउन सफल भएको भनी एक किसिमले खुसी पनि व्यक्त गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि