बैशाख १५, २०८१, शनिबार
               

नेकपाबाट एउटा गुट अलग भएको हो - बादल

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेकपाबाट एउटा गुट अलग भएको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै यस्तो बताएका छन् ।

'प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ । चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्छ ।’  थापाले भने । उनले दाहाल–नेपाल समूहले प्रतिक्रान्तिलाई सघाउने निर्णय गर्दै अघि बढेको बताएका छन् । ‘अहिले राजनीतिक संकट छ, यसले प्रतिक्रान्तिको खतरा देखिएको छ। यसलाई कसरी रोक्ने भन्ने चुनौती छ,’ उनले भने, 'केही साथी संसद पुनर्स्थापना भनेर पश्चगमनमा लागेका छन्। यो स्यालको हुइयाँ हो। हामीले यसलाई चिर्नु छ।'

संसद विघटनपछि केही दिन तटस्थ बसेका थापा आजको ओली समूहको बैठकमा सहभागी भएर ओलीलाई साथ दिएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि