बैशाख १६, २०८१, आइतबार
               

बादललाई आफ्नो पक्षमा ल्याउन सकिएन :  अध्यक्ष दाहाल

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्य रामबहादुर थापा बादललाई आफ्नो पक्षमा ल्याउन नसकेको भनी स्विकार गरेका छन् । 

बिहीबारको केन्द्रीय कमिटी बैठकमा नेकपा संसदीय दलका नेता प्रचण्डले यस्तो बताएका हुन्। पूर्वमाओवादीको तर्फबाट गृहमन्त्री बनेका बादल बिहीबार केपी पक्षीय भेलामा सहभागी भएपछि नेकपा (माधव-प्रचण्ड) पक्षीय संसदीयय दलका नेता तथा अध्यक्ष दाहालले सो कुरा उल्लेख गरेका हुन् । 

‘बामदेव गौतम र बादल कमरेडलाई आउन आग्रह गरेको थिएँ, आउनु भएन । बामदेव कमरेड सकारात्मक हुनुहुन्छ तर बाललाई लिएर आउन सकिएन,’ प्रचण्डले बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भएको बैठकमा भने,  ‘तर, उताको बैठकमा सहभागी २३ जना फर्किइसक्नुभएको छ ।’

त्यसैगरी, उनले बादलनिकट रहेका कुलप्रसाद केसी र सूर्य सुवेदी पथिक आफूहरुको बैठकमा सहभागी भएको बताए । सरकारले सं‌सद विघटन गरेपछि दुई कित्तामा विभाजित नेकपाको कुन कित्तामा लाग्ने भन्नेमा बादल केही दिनसम्म अनिर्णित बसेका थिए । तर उनी बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली समूहको भेलामा सहभागी भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि