जेठ ०७, २०८१, सोमबार
               

प्रचण्ड-नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे चयन भएका छन्। प्रचण्ड र नेपालसहितका वरिष्ठ नेताको आज बिहान बसेको बैठकले महासचिवमा पाण्डेलाई चयन गर्ने निर्णय गरेको हो। पाण्डेलाई केहीबेरमा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने छ । 

महासचिवका लागि पाण्डेसहित भीम रावल र जनार्दन शर्मा पनि आकांक्षी देखिएका थिए । तीमध्ये पाण्डेलाई महासचिव बनाउने सहमति जुटेको हो । 
पाण्डे  तत्कालीन एमालेको महाधिवेशनमा महासचिवमा पराजित भएका थिए ।

प्रधानमन्त्री केपी ओली पक्षका महासचिव भने विष्णु पौडल छन् । प्रचण्ड–नेपाल पक्षको आज बस्ने केन्द्रीय कमिटी बैठकले संसद् विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि