बैशाख १७, २०८१, सोमबार
               

भित्ते राष्ट्रपतिबाट फेसबुके प्रधानमन्त्री बन्ने पक्का भएको भन्दै बस्नेतले दिए प्रचण्डलाई बधाई

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेसबुके प्रधानमन्त्री बन्ने पक्का भएको भन्दै व्यङ्ग्य गरेका छन् ।

पूर्व मन्त्रीसमेत रहेका नेता बस्नेतले बुधबार फेसबुकमार्फत विगठित प्रतिनिधि सभाको नेकपाको सिमित पुर्व सासंदहरुको संसदिय दलको नेता बनेको भन्दै यस्तो बताएका हुन् । उनले भित्ते राष्ट्रपति बनेको प्रसंग कोट्याएका छन् ।

‘नेपालमा छलाङ्ग, धक्का, क्रमभङ्ग, महाविपत्तिको सिद्धान्तका प्रत्युपादक नेता क. प्रचण्डको ०६४ सालको चुनाव अगाडि भावी कार्यकारी राष्ट्रपति भनेर खुब वाल पेन्ट गराइयो फोटो टाँसियो ।’ बस्नेतले लेखेका छन्, ‘संविधान निर्माण गर्दा उहाँले त्यो अडान छोडनु भयो । अनि उहाँहरुले नै भन्ने गरेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने भनेको संसदीय व्यवस्थामा सम्झौता गर्नुभयो । अनि त्यो सबै नाटक साबित भयो र उहाँको नाम भित्ते राष्ट्रपति रहन गयो ।’

उनले प्रचण्ड नेकपाको सिमित पुर्व सासंदहरुको संसदिय दलको नेता बनेकाले भित्ते राष्ट्रपतिबाट फेसबुके प्रधानमन्त्री बन्ने पक्का भएको भन्दै बधाई भनेर व्यङ्ग्य गरेका छन् ।  उनले लेखेका छन्, ‘अब कहिले बन्न नसक्ने प्रधानमन्त्रीको अभिलाषा बोक्नुभएको क. प्रचण्ड अब भित्ते राष्ट्रपतिबाट फेसबुके प्रधानमन्त्री बन्ने पक्का छ । हार्दिक बधाई छ ।’

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार संसद विघटन गर्दै आगामी बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा भएपछि नेकपाभित्र विवाद बढेको छ ।


कस्तो लाग्यो ?

यो पनि