जेठ ०७, २०८१, सोमबार
               

प्रचण्ड-नेपाल पक्षले आज महासचिव छान्ने, तीन नेता आकांक्षी

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले आज महासचिव छान्ने भएको छ ।

आज बस्ने केन्द्रीय कमिटी बैठकले महासचिव नियुक्त गर्ने बताइएको छ । 

महासचिवमा तीन जना नेता आकांक्षी देखिएका छन् । तीन जनामध्ये एकलाई आजको बैठकले महासचिवमा मनोनित गर्ने छ । 

महासचिवका लागि भीम रावल,जनार्दन शर्मा र सुरेन्द्र पाण्डे आकांक्षी देखिएका छन् । 

स्रोतका अनुसार महासचिवमा पाण्डे छानिने सम्भावना बलियो छ । पाण्डे तत्कालीन एमालेको महाधिवेशनमा महासचिवमा पराजित भएका थिए।

नेकपाका आधिकारिक महासचिव विष्णु पौडेल भने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा छन् । 


कस्तो लाग्यो ?

यो पनि