जेठ ०७, २०८१, सोमबार
               

नेकपाको आधिकारिकताबारे आयोगले सूरु गर्‍यो छानविन

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

एकीकरण भएको ३० महिनापछि विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा कुन पक्षले वैधानिकता पाउँला भन्ने चर्चा सुरु भइरहदा निर्वाचन आयोगले छानबिन थालेको  छ । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एक–अर्कालाई कारबाही गर्दै आ-आफ्नो पक्षको निर्णय वैधानिक निर्णय भन्दै निर्वाचन आयोगमा पठाएको काजगातको छानविन थालेकाे हाे । छानविन र आयोगको निर्णयपछि पछि मात्रै ओली र प्रचण्ड–नेपाल नेकपामध्ये कुन पक्ष वैधानिक हो भन्ने निराकरण हुने छ ।

औपचारिक रुपमा फरक दल दर्ता भइनसके पनि राजनीतिक रुपमा भने स्पष्ट दुई पक्षमा विभाजित भएका छन् । एक अर्कालाई कारबाही गर्ने केन्द्रीय समितिको बैठक मङ्गलवार दुवै पक्षको बसेको थियो । मङ्गलवार ओली समूहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो ।

त्यस्तै प्रचण्ड–माधव नेपाल समूहले थापाथलीस्थित कार्की पार्टी प्यालेसमा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । ओली पक्षले प्रचण्ड र वरिष्ठ नेता नेपाललाई कारबाही घोषणा नगरे पनि पार्टी प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठलाई कारबाही गरेको छ । श्रेष्ठलाई हटाउँदै सो पदमा परराष्ट्रमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई राखेको छ । 

यता प्रचण्ड–नेपाल पक्षले ओलीलाई अध्यक्षबाट हटाउँदै वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाएको छ । यसरी दुवै पक्ष छुट्टाछुट्टै बैठक गरी निर्णय गरेपछि आफ्नो पक्षको आधिकारिकताका लागि दाबी गर्दै निर्वाचन आयोगमा पत्र पठाएका छन् । 

निर्वाचन आयोगका अधिकारीहरूका अनुसार उक्त कागजपत्रका प्रमाणहरू जाँचबुझ वा छानविन गर्ने प्रकृया सुरु भएको छ । आयोगले फेरि थप प्रमाणहरू केके छन् भनेर उनीहरूलाई नै सोध्नेछ  । यसरी आयोगले सोध्दा दुवै पक्षले त्यसका आधारहरू पेश गर्नुपर्ने हुन्छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अव आयोगले दुुवै पक्षका कागजात छानविनमा लाग्ने छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ मा राजनीतिक दलको विवाद निरुपणसम्बन्धी विषय उल्लेख छ । सोही अनुसार कागजात अध्ययनको काम भइरहेको  श्रेष्ठले बताए ।

‘उहाँहरूले पेश गर्नुभएको मागदावी अनुसारको कागजातहरू जाँचबुझ वा छानविन गर्ने प्रकृया सुरु भएको छ । अनि दलको विधान र राजनीतिक दलसम्बन्धी प्रावधानअनुसार आवश्यक निर्णय अयोगले गर्छ’, प्रवक्ता श्रेष्ठले भने । 

उनले कागजातहरूको कानूनले तोकेको समयवधिमा छानविन गरेर निर्णय गर्ने बताए । यसरी वैधानकिताको टुंगो लागेसँगै नेकपा नाम र निर्वाचन चिन्ह पनि दुईमध्ये एक पार्टीले पाउने छ ।

जसरी अदालतमा संवैधानिक मुद्दा हेर्न संवैधानिक ईजालस गठन गरिन्छ, यस्ता विवादमा पनि निर्णय लिन निर्वाचन आयोगले ईजालस गठन गर्ने  कानून छ । निर्वाचन आयोगले यस्ता विवादास्पद विषयमा सुनुवाइ गर्नका निम्ति प्रमुख आयुक्तको अध्यक्षतामा इजलास गठन गर्ने प्रावधान राजनीतिक दलसम्बन्धी ऐनको दफा ४५ मा उल्लेख छ ।

यो इजलास उच्च अदालतको सरहको हुन्छ । अदालतमा जस्तै यो सुनुवाइमा समेत विवादका पक्षधरले आ–आफ्ना कानून व्यवसायीसमेत राख्न पाउने व्यवस्था छ । निर्वाचन आयोगका एक आयुक्तले नेपाल फ्ल्याससँग भने ‘यस्तो विषयमा आयोगको इजलासले गरेको सुनुवाइ नै अन्तिम हुने व्यवस्था ऐनमा छ । नेकपाको यो विभाजनमा कुन पक्ष आधिकारिक हो भन्ने निर्वाचन आयोगको फैसला कुर्नुपर्ने हुन्छ ।’


कस्तो लाग्यो ?

यो पनि