जेठ ०७, २०८१, सोमबार
               

माधव-प्रचण्डपक्षीय नेकपा केन्द्रीय कमिटीले गरेका निर्णय निर्वाचन आयोगलाई जानकारी

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय निर्वाचन आयोगलाई जानकारी गराएको छ ।  

राष्ट्रपतिबाट संसद विघटन भएसँगै दुई धारमा विभाजन भएको सो पक्षको  मंगलबारको बैठकले गरेका निर्णय बुधबार निर्वाचन आयोगलाई बुझाएको हो । केन्द्रीय बैठकले गरेका निर्णय जानकारी गराउन  बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधानसहितको टोली निर्वाचन आयोगमा गएको थियो । 

बुधबार सो पक्षीय नेकपा केन्द्रीय कमिटीले गरेका निर्णय जानकारी गराउन आयोग पुगेका नेता पाण्डेका अनुसार नेकपाका ४४७ सदस्यीय केन्द्रीय कमिटीका सदस्यमध्ये २९० जनाको नाम उल्लेख छ । त्यसैगरी २८७ को हस्ताक्षर समावेश छ । त्यसैगरी, पाण्डेले अरु तीन जना उपत्यकाबाहिर रहेकाले हस्ताक्षर हुन नसकेको बताए । 

सो पक्षीय नेकपाको केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीलाई हटाइ माधव नेपाललाई अध्यक्ष बनाएको छ ।सो निर्णय सो समूहले निर्वाचन आयोगमा बुझाएको हो ।

 


कस्तो लाग्यो ?

यो पनि