जेठ ०७, २०८१, सोमबार
               

नेपाल- दाहाल नेकपाको संसदीय दलको नेतामा अध्यक्ष दाहाल चयन

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । 

नयाँबानेश्वरस्थित संसद भवनमा बुधबार बसेको सो पक्षको सांसदहरुको बैठकले उनलाई संसदीय दलको नेतामा चयन गरेको हो । उनलाई संसदीय दलको अध्यक्षमा चयनका लागि सो समूहका अध्यक्ष माधवकुमार नेपालले प्रस्ताव गरेका थिए । नेता नेपालको नेता दाहालालाई संसदीय दलको नेता बनाउने प्रस्तावलाई सो दलको बैठकले सर्वसम्मत अनुमोदन गरेको थियो । 

बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी  शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव अनुमोदनका लागि पेस गरेका छन् ।

यसअघि प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई सचिवालय सदस्य, केन्द्रीय सदस्य र अध्यक्ष पदबाट हटाउनुका साथै माधवकुमार नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको छ ।

यो पनि