जेठ ०७, २०८१, सोमबार
               

प्रमाण बोकेर निर्वाचन आयोग जाँदै प्रचण्ड-नेपाल समूह

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले ३१५ केन्द्रीय समितिको हस्ताक्षरसहितको विवरण आज (बुधबार) निर्वाचन आयोगमा बुझाउँदै छ ।

वैधानिक नेकपा आफू रहेको जानकारी, प्रमाणसहित मंगलबार केन्द्रीय समिति बैठकले गरेका निर्णयसहित नेताहरू आयोग जान लागेका हुन् ।

केन्द्रीय सदस्यको हस्ताक्षरसहित सबै विवरण बुझाउन नेकपा नेताको टोली निर्वाचन आयोग जाने एक नेताले जानकारी दिए ।

यसअघि नेकपा बनेपछि ४४१ सदस्यको विवरण आयोगमा बुझाइएको थियो ।

नेकपाको आधिकारिक पार्टी हुन बहुमत सदस्य र ती सबैको विवरण, नागरिकतासहित सनाखत हुनुपर्ने व्यवस्था छ ।

सोही विवरण प्रचण्ड-नेपाल पक्षले बुझाउन लागेको एक नेताले बताए । 

सोमबार स्थायी समिति सदस्य लीलामणि पोखरेलले निर्वाचन आयोग पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाइएको र केन्द्रीय सदस्यको बहुमत प्रचण्ड-नेपालका पक्षमा रहेको जानकारी दिएका थिए ।

निर्वाचन आयोगबाट पार्टीको नाम, चुनाव चिह्न पनि बहुमत सदस्य भएको पक्षले नै पाउनेछ ।

यो पनि