जेठ ०७, २०८१, सोमबार
               

सातै प्रदेशमा आज ओली समूहको प्रशिक्षण, क-कसले गर्दैछन् सम्बोधन ?

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा ओली समूहले आज सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्दैछ ।

आगामी २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको ओली समूहले आज सातै प्रदेशमा नयाँ थपिएका केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण गर्न लागेको हो ।

प्रशिक्षण कार्यक्रम सन्चालनका लागि विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको छ ।

बुधबार प्रदेश अनुसार काठमाडौंका विभिन्न स्थानमा छुट्टाछुटै हुन लागेका ती भेलालाई विभिन्न नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार विभाग उप्रमुख सूर्य थापाले जानकारी दिए ।

केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले सार्वजनिक गरेको नेताहरुको सूचीमा पूर्वमाओवादीबाट ओली समूहमा गएका टोपबहादुर रायमाझीको नाम गण्डकी र बागमती प्रदेश दुवैमा छ । यसैगरी मणि चन्द्र थापाको नाम लुम्बिनी र सुदूरपश्चिम प्रदेश दुवैमा छ ।

ओली पक्षको मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले ५५६ जना नयाँ केन्द्रीय सदस्य थप्दै ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाएको थियो ।

नयाँ थपिएका ती ५५६ जनालाई नयाँ परिस्थितबारे ओली पक्षले नेताहरु नै खटाएर प्रशिक्षित गर्न लागेको हो । प्रदेशगत भेलामा प्रशिक्षणका लागि निम्नअनुसारका नेताहरु ताेकिएका छन् ।

सुदूरपश्चिम प्रदेश : लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे ।

कर्णाली प्रदेश : शंकर पाेखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य ।

लुम्बिनी प्रदेश : विष्णुप्रसाद पाैडेल, शंकर पाेखरेल, मणिचन्द्र थापा र गाेमा देवकाेटा ।

गण्डकी प्रदेश : टाेपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पाैडेल ।

वागमती प्रदेश : ईश्वर पाेखरेल, टाेपबहादुर रायमाझी र पद्मा अर्याल ।

प्रदेश नं २  : ईश्वर पाेखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महताे ।

प्रदेश नं. १ : सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फे ।

यो पनि