जेठ ०७, २०८१, सोमबार
               

डा. खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । डा. खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले डाक्टर युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् । 

राष्ट्रपतिले मङ्गलबार डा खतिवडालाई मन्त्रिपरिषद्को सिफारिसमा राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जनाएका छन् ।  

नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। यसअघि डा खतिवडा राष्ट्रिय सभाको सदस्य भई वर्तमान सरकारमा अर्थमन्त्रीसमेत बने ।

साथै, उनले केही समय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए ।

वित्तीय अर्थशास्त्रमा विद्यावारिधि गरेका डा‍. खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष तथा नेपाल राष्ट्र बैङ्कको गर्भनर भइसकेका छन् । 


कस्तो लाग्यो ?

यो पनि