बैशाख २१, २०८१, शुक्रबार
               

राष्ट्रपति र चिनियाँ राजदूतबीच भेटवार्ता

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

मंगलबार साँझ ६ बजेतिर यान्छी राष्ट्रपति भेट्न शीतल निवास पुगेको स्रोतले जनाएको छ ।

भेटका क्रममा के छलफल भयो भन्नेबारे खुलिसकेको छैन । 

नेकपाभित्रको विवाद बढ्दै जाँदा राष्ट्रपति र चिनियाँ राजदूतबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

सत्तारुढ दल नेपाल कम्यनिस्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै अर्को समूह (प्रचण्ड-माधव नेपाल) ले पार्टीबाट हटाउने निर्णय गरेको छ ।

यो पनि