जेठ ०७, २०८१, सोमबार
               

गौतम  र थापाको खेमा कता ?

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेताद्वय बामदेव गौतम र रामबहादुर थापा आज भएको ओली समूह र प्रचण्ड समूह गरी दुवै बैठकमा उपस्थित भएनन् । 

ओली समूहको बैठक बालुवाटारमा र प्रचण्ड-नेपाल समूहकाे बैठक नयाँ बानेश्वरमा सम्पन्न भयो । यसअघि बामदेव गौतम प्रचण्डनिकट थिए । तर उनले गत पुस ३ गते घोषणा गरे-‘म कुनै पनि गुटको भेलामा जान्न, अहिले अलग अलग भेला गर्ने बेला होइन ।’ त्यसपछि नेकपा फूटकाे संघारमा पुगेर आ-आफ्नो गुट तथा समूहको बैठक जारी छ । तर गौतम दुवै समूहको बैठकमा सहभागी नहुने अडानमा बसेका छन् । 

त्यस्तै अर्का नेता रामबहादुर थापा ओली निकट देखिएका थिए । तर ओलीसँग नजिकिँदै गर्दा आफ्नै गुट मानिएका केही केन्द्रीय सदस्यहरूकाे दबाबपछि उनी पनि दुवै समूहको बैठकमा उनुपस्थित छन् । संसद विघटनपछि प्रचण्ड र माधव नेपाल समूहका ७ मन्त्रीले राजीनामा दिँदा बादलले भने राजीनामा दिएनन् । राजीनामा नदिएर ओलीको पक्षमा उभिएका बादललाई उनी निकटस्थहरूले ओलीनिकट नजान दबाब दिएका थिए ।  हिजोबिहान मन्त्रीनिवास पुल्चोकमा बोलाएका आफूपक्षीय नेताहरूको बैठकमा नेताहरूले मन्त्रीबाट राजिनामाका लागि दबाब दिएका हुन् । स्राेतका अनुसार थापा कुनै पनि बैठकमा जाने छैनन् भने तत्काल गृहमन्त्रीबाट राजीनामा पनि नदिने बताइएको छ । 

प्रतिनिधिसभा विघटन भएपछि नेकपाका दुई समूहले आज छुट्टाछुट्टै केन्द्रीय कमिटी सम्पन्न गरे । तत्कालीन नेकपा (एमाले ) र नेकपा (माओवादी केन्द्र)बीच एकता भई २०७५ जेठ ३ गते नेकपा गठन भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि