जेठ ०६, २०८१, आइतबार
               

पुस ८ देखि १२ सम्म आन्दोलन गर्ने जसपा केन्द्रीय कार्यकारणी समितिको निर्णय

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं ।  जनता समाजवादी पार्टीले संसद विघटनविरुद्ध पुस ८ देखि १२ सम्म आन्दोलनको घोषणा गरेको छ ।

मंगलबार बसेको सो दलको केन्द्रीय कार्यकारणी समितिको बैठकले संसद विघटन भई नयाँ राजनीतिक घटनाक्रम विकास भएसँगै आन्दोलनको घोषणा गरेको हो ।

बैठकले पुस ८ मा सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय गरेको छ ।

यसका अलवा जसपाले संसद अझै जीवित रहेको बताउँदै सभामुखलाई  अधिवेशन आह्वान गर्न आग्रह गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि