जेठ ०७, २०८१, सोमबार
               

नेपाललाई अध्यक्ष बनाउने निर्णयप्रति प्रभु साहको असन्तुष्टि

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा माधव-प्रचण्ड पक्षीय प्रभु साहले माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

मंगलबार नयाँबानेश्वरमा बसेको सो पक्षीय केन्द्रीय कमिटीको बैठकले माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेसँगै उनले सो निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । 

यस विषयमा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव पारित भइसकेकाले यस विषयमा छलफल नहुने बताए । साहले दुईवटा अध्यक्ष बनाउँदा नौटंकीजस्तो हुने भन्दै एउटै अध्यक्ष बनाउनुपर्ने धारणा राखेका थिए ।

माधव- नेपाल पक्षीय नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ३१५ जना केन्द्रीय सदस्य उपस्थिति भएको बताए । 

यो पनि