जेठ ०७, २०८१, सोमबार
               

माधव-प्रचण्ड समूहलाई दुईतिहाइ केन्द्रीय सदस्यको साथ

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद विघटन भएसँगै नकेपाका दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड–माधव समूहमा देखिएका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की ब्याङक्वेटमा करिब दुईतिहाइ बहुमत देखिएको हो । 

बैठक स्थलमा राखिएको पुस्तिकामा ३१० केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । जुन संख्या नेकपाको वर्तमान केन्द्रीय कमिटीको दुई तिहाइभन्दा बढी हो । नेकपाको वर्तमान केन्द्रीय कमिटीमा ४४७ जना छन्, जसमध्ये केहीको मृत्यु भएको छ ।

संसद विघटन भएसँगै नेकपामा स्पष्ट रुपमा दुई धार देखिएका छन् । जसमध्ये एक धारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्को पक्षको नेतृत्व माधव-प्रचण्डले गरेका छन् । मंगलबार माधव-नेपाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सो बैठक हुनुभन्दा अघि केन्द्रीय कमिटीको बैठक बसाइ माहाधिवेशनको मिति तोकेको छ ।  

 

 


कस्तो लाग्यो ?

यो पनि