जेठ ०७, २०८१, सोमबार
               

संसद विघटनको विरोधमा नेकपा विद्यार्थी संगठननै प्रदर्शन

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद विघटनको विरोधमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियु प्रदर्शनमा उत्रेको छ ।  मन्त्रिपिरषद्को सिफारिषसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरसँगै अनेरास्ववियुको एक पक्ष प्रदर्शनमा उत्रेको हो । 

प्रदर्शनमा उत्रेको सो प्रदर्शनकारीको टोली माइतीघरबाट नारा लगाउँदै नयाँबानेश्वरतर्फ गएको छ । सो प्रदर्शनमा सहसंयोजक रञ्जित तामाङसहितको सहभागिता छ । उक्त टोलीले संसद विघटनको विरोधमा असंवैधानिक कु भन्दै खारेज गर्न माग गरेको छ ।

आइतबार संसद विघटन भएसँगै यसअघिको नेकपा औपचारिक रुपमा दुई धारमा देखिएको छ । एक धारको नेतृत्व माधव- प्रचण्डले गरेका छन् भने अर्को धारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

मंगलबार दुवै धारले फरक-फरक स्थानमा केन्द्रीय कमिटीको बैठक गरेका छन् । प्रधानमन्त्रीले नेतृत्व गरेको नेकपाले महाधिवेशनको मिति नै तोकेको छ भने नेपालले नेतृत्व गरेको नेकपाको बैठक नयाँ बानेश्वरमा चलिरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि