जेठ ०७, २०८१, सोमबार
               

प्रचण्ड-नेपाल समूह रिट दायर गर्न सर्वोच्चमा

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद् विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड-नेपाल समूहका नेताहरू रिट दायर गउन सर्वोच्च अदालतमा पुगेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक कदम भएको भन्दै  प्रचण्ड-नेपाल समूहका नेताहरू कृष्णभक्त पोखरेल, देव गुरुङ र रामकुमारी झाँक्री सर्वोच्चमा पुगेर रिट निवेदन पेस गरेका छन् ।

आइतबार संसद् विघटन भएपछि नेकपा नेताहरू दुई धारमा विभाजित हुन पुगेका छन् । दुवै समूहको केन्द्रीय समिति बैठक मंगलबार बसेका छन्  । प्रचण्ड नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्दा ओली समूहले कसैलाई कारवाही नगरेकाे जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि