जेठ ०७, २०८१, सोमबार
               

पति प्रचण्ड-नेपालतिर, पत्नी ओलीतिर

नेपाल फ्ल्यास
पुस ०७, २०७७

फोटो: जुली महतोकाे ट्वीटरबाट
ADVERTISEMENT

नेकपा विभाजनको संघारमा पुग्दा पति-पत्नी नै फरक-फरक खेमामा पुगेका छन् ।

नेकपाका सांसद तथा पूर्वभौतिक पुर्वाधार महासेठ र उनकी श्रीमती तथा समानुपातिक सांसद जुली महतो आ-आफ्नो खेमामा जाँदा महासेठ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा पुगेका छन् भने महतो ओली समूहका भेलामा सहभागी भएकी छन् । 

महासेठ २०७४ सालको निर्वाचनमा धनुषा-४ बाट निर्वाचित भएका थिए भने महतो समानुपातिक सांसद हुन् । महासेठ मंगलबार दिउँसो बबरमहलमा भएको प्रचण्ड-नेपाल पक्षीय स्थायी कमिटीको बैठकमा सहभागी भएका थिए । 

महतो बालुवाटार प्रधानमन्त्री ओलीले डाकेको केन्द्रीय कमिटी बैठकमा पुगेकी थिइन् । उनी सोमबार बालुवाटारमा भएको ओली पक्षीय सांसदहरूको भेलामा पनि गएकी थिइन्।

 


कस्तो लाग्यो ?

यो पनि