जेठ ०७, २०८१, सोमबार
               

प्रचण्ड-नेपाल समूहद्वारा ओलीलाई कारबाही, माधव नेपाल नयाँ अध्यक्ष

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीले अध्यक्षमा नेता माधवकुमार नेपाललाई ल्याएको छ । सो समूहले केपी शर्मा ओलीलाई हिजै कारबाही गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेर नेपाललाई अध्यक्ष बनाउने स्थायी कमिटी बैठकले निर्णय गरेको हो ।

अहिले बानेश्वरको कार्की ब्यांकेटमा केन्द्रीय समिति बैठक जारी छ । नेकपाको विधानमा दुई अध्यक्ष हुने व्यवस्था छ । अर्का अध्यक्षमा प्रचण्ड नै निरन्तर रहने छन् ।


कस्तो लाग्यो ?

यो पनि