जेठ ०७, २०८१, सोमबार
               

ओली समूहले निर्वाचन आयोगमा पठायो केन्द्रीय समितिको सूची

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी ‘विस्तार’ गरेको पत्र निर्वाचन आयोगमा पुर्‍याएको छ ।

नेकपाको केन्द्री समिति पुनर्गठन भएको सूचना आएको र थप गरिएका सदस्यको सूची आयोगमा दर्ता भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया जानकारी दिए ।

आयोगमा अधिवक्ता बाबुराम दाहालले सूची दर्ता गराएका हुन् । मंगलबार बालुवाटारमा बसेको ओली पक्षको बैठकले ५५६ जनालाई केन्द्रीय सदस्य थप गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको ओली समूहको बैठकले  २ मंसिर २०७८ मा महाधिवेशन गर्ने र पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ता तोक्ने निर्णय गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि