काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपाको केन्द्रीय समिति बैठक सुरु भएको छ ।
बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताका साथै केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश हुनेछ ।
बैठकअघि ओलीइतर समूहको स्थायी समिति बैठक समेत बसेको थियो । आजै ओली समूहको केन्द्रीय समिति बैठक पनि बसेको थियो ।